एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
तस्बिर: कपी शर्मा ओलीको सचिवालय
+
-

काठमाडौं- नेकपा एमालेले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सिर्जित परिस्थितिको समीक्षा गर्न आकस्मिक सचिवालय बैठक बोलाएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने उक्त बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे ठोस निर्णय लिइने एमाले स्रोतले जनाएको छ।

अध्यक्ष ओलीलाई गत शनिबार बिहान पक्राउ गरिएको थियो। हाल उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ।

पार्टी प्रमुखलाई पक्राउ गरिएको विरोधमा एमालेले देशभर प्रदर्शन गरिरहेको छ भने आजको बैठकले आन्दोलनका थप कडा कार्यक्रमहरू घोषणा गर्ने सम्भावना छ।

एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ। सचिवालय बैठकमा पार्टीका शीर्ष नेताहरूले वर्तमान सत्ता समीकरण र सडक संघर्षको प्रभावकारिताका बारेमा छलफल गर्नेछन्।

देशका प्रमुख सहरहरूमा एमाले कार्यकर्ता र प्रहरीबीच झडपका घटनाहरू समेत सार्वजनिक भइरहेका बेला यो बैठकलाई निकै चासोका साथ हेरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?