अ
+
अ
अ
-
झापा- बिर्तामोड ३ स्थित अधुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते भएका छन् ।
सोमबार साँझ ७;४५ बजे बिर्तामोड वडा न.३ अधुवा खोलास्थित भित्री सडकखण्डमा बिर्तामोडबाट हल्दिवारीतर्फ जाँदै गरेको मे ९ प ९३४८ न.को होण्डा साईन मोटरसाइकल आफै अनियन्त्रित भइ खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक हल्दिवारी वडा न.५ बस्ने बर्ष ३० का पर्शुराम अधिकारी गंभीर घाइते भएका हुन् ।
टाउको र हातखुट्टामा चोट लागेका अधिकारीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।