चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा राजस्थानले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो। राजस्थानको जितमा १५ वर्षीय वैभव सूर्यवंशीले अर्धशतकीय इनिङ खेले।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई १९.४ ओभरमा १ सय २७ रनमा समेटिएको थियो। उसका लागि जमाइ ओभरटनले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कार्तिक शर्माले १८ तथा सर्फराज खानले १७ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो। चेन्नईलाई सस्तैमा समेट्ने क्रममा राजस्थानका लागि जोफ्रा आर्चर, नन्द्रे बुर्गर र रविन्द्र जडेजाले समान २-२ विकेट लिए।

जवाफमा उक्त लक्ष्य राजस्थानले १२.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। राजस्थानको जितमा वैभव सूर्यवंशीले ५२ रन बनाउँदा यशस्सवी जैसवालले ३८ रनमा अविजित रहे।

त्यस्तै ध्रव जुरेल १८ रनमा आउट हुँदा कप्तान रियान परागले १४ रनको अविजित इनिङ खेले। प्रतियोगितामा आज पञ्जाव र गुजरात भिड्दै छन्। दुवैको यो पहिलो खेल हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?