सडकमै जनचेतनाः प्रहरीको सक्रियता, दुर्घटना न्यूनीकरणमा जोड

सडकमै जनचेतनाः प्रहरीको सक्रियता, दुर्घटना न्यूनीकरणमा जोड
+
-
देशसञ्चार AI सारांश
  • जिल्ला प्रहरी कार्यालय मुगुले सवारी दुर्घटना न्यूनीकरण गर्न समुदायस्तरमा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

  • “समुदाय–प्रहरी साझेदारी” अन्तर्गत, प्रहरीले स्थानीय नागरिकलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूबारे जानकारी प्रदान गरिरहेको छ।

  • सडकमा छाडा पशु समस्याले दुर्घटनाको जोखिम बढ्ने भएकाले यसबारे जनचेतना वृद्धि गर्न जोड दिइएको छ।

मुगु – जिल्ला प्रहरी कार्यालय मुगुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले समुदायस्तरमै जनचेतना कार्यक्रमलाई तीव्रता दिएको छ। “समुदाय–प्रहरी साझेदारी” अन्तर्गत आयोजित उक्त कार्यक्रम सडकमै सञ्चालन गरिएको हो।

मुगुको सदरमसकाम गमगढी बजार स्थित न्युरोडमा आज दिउँसो प्रहरी सहायक निरीक्षक पृथ्थीराज शाहीले कार्यक्रमको सहजीकरण गर्दै स्थानीय नागरिक, सवारी चालक तथा पैदलयात्रीलाई ट्राफिक नियम पालना, सावधानी अपनाउने तरिका र दुर्घटनाबाट बच्ने उपायबारे जानकारी दिएका थिए। कार्यक्रममा सहभागीहरूलाई व्यवहारिक रूपमा सडक प्रयोग गर्दा अपनाउनुपर्ने नियमहरूबारे प्रशिक्षण दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग सहकार्य गर्दै शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने लक्ष्य लिएको प्रहरीले जनाएको छ। यसै गरी सडकमा छाडा पशु, चौपाए जाड्नाले समेत दुर्घटनाका जोखिम बढ्ने भएकाले यसबारे सबै जनता सचेत हुनु पर्ने कुरामा समेत उक्त कार्यक्रममा जोड दिईएको थियो ।

प्रहरीका अनुसार यस्तो जनचेतनामूलक कार्यक्रम बिदाका दिन बाहेक हरेक दिन सञ्चालन हुँदै आएको छ। दुर्गम क्षेत्रमा बढ्दो सवारी जोखिमलाई मध्यनजर गर्दै नागरिकमै चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीहरूले पनि सडकमै आएर प्रहरीले दिएको प्रशिक्षण प्रभावकारी भएको बताउँदै हरेक पटक हुने सडक दुर्घटना मा कमी आउने स्थानिय जनताको अपेक्षा छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?