अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग वाणिज्य महासंघबीच भेटवार्ता, शासकीय सुधार र लगानीमैत्री वातावरणमा जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग वाणिज्य महासंघबीच भेटवार्ता, शासकीय सुधार र लगानीमैत्री वातावरणमा जोड
+
-
देशसञ्चार AI सारांश
  • नवनियुक्त मन्त्री वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघबीच शिष्टाचार भेटमा निजी क्षेत्रसँगको सहकार्यबारे छलफल भयो।
  • महासंघले शासकीय सुधारसम्बन्धी कार्यसूचीमा निजी क्षेत्रका प्राथमिकताहरू समावेश गरिएकामा सरकारको प्रशंसा गर्दै कार्यान्वयनलाई जोड दियो।
  • अर्थमन्त्रीले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने र समृद्धिको दिशामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ — नवनियुक्त माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

भेटका क्रममा महासंघले मन्त्री वाग्लेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका समसामयिक मुद्दाहरू र सरकारसँगको सहकार्यका विषयमा छलफल गरेको छ।

महासंघले मन्त्रिपरिषद्बाट हालै स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा निजी क्षेत्रका प्राथमिकताहरूलाई समावेश गरिएकोमा अर्थमन्त्री र नेपाल सरकारप्रति विशेष कृतज्ञता प्रकट गरेको छ।

उक्त कार्यसूचीको प्रभावकारी र समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै महासंघले यसले मुलुकको आर्थिक गतिशीलतामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

भेटका अवसरमा महासंघका प्रतिनिधिहरूले मुलुकमा लगानीमैत्री वातावरण निर्माण, उत्पादन अभिवृद्धि, राजस्व संकलनमा सुधार र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन अनुरोध गरेका छन्।

विद्यमान कानुनी तथा नीतिगत अवरोधहरूलाई हटाउँदै सेवा प्रवाहलाई चुस्त बनाउन दुवै पक्षको साझा प्रयास आवश्यक रहेको विषयमा विशेष चर्चा गरिएको थियो।

जवाफमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिगो आर्थिक वृद्धि र लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए। उनले सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने र व्यवसायीहरूका जायज मागहरूलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

महासंघले पनि राष्ट्रलाई समृद्धिको दिशामा लैजान सरकारसँग काँधमा काँध मिलाएर हिँड्न आफूहरू पूर्ण प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?