सिप्रदी ट्रेडिङद्वारा एक्साइडको नयाँ ‘ई-राइड’ लिथियम-आयन ब्याट्री सार्वजनिक, ३६ महिनाको वारेन्टी उपलब्ध

सिप्रदी ट्रेडिङद्वारा एक्साइडको नयाँ ‘ई-राइड’ लिथियम-आयन ब्याट्री सार्वजनिक, ३६ महिनाको वारेन्टी उपलब्ध
+
-
देशसञ्चार AI सारांश
  • सिप्रदी ट्रेडिङले नेपाली ई-रिक्सा चालकहरूका लागि ‘एक्साइड ई-राइड लिथियम-आयन’ ब्याट्री सार्वजनिक गरेको छ, जसले खर्च घटाई आम्दानी बढाउने अपेक्षा गरिएको छ।
  • यो ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमता राख्दछ, र मर्मत खर्च पनि निकै कम लाग्नेछ।
  • कम्पनीले ३६ महिनाको वारेन्टीसहित ब्याट्री र चार्जर उपलब्ध गराएको छ, जसले ई-रिक्सा व्यवसायीहरूको बचत सुनिश्चित गर्दछ।

काठमाडौँ- सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई-रिक्सा चालकहरूका लागि अत्यन्तै खुसीको खबर ल्याउँदै अत्याधुनिक ‘एक्साइड ई-राइड लिथियम-आयन’ ब्याट्री सार्वजनिक गरेको छ

खर्च घटाउने र आम्दानी बढाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नयाँ प्रविधिको ब्याट्रीले परम्परागत लेड-एसिड ब्याट्रीको तुलनामा ई-रिक्सालाई थप आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ यो ब्याट्री एआईएस-१५६ फेज-२ प्रमाणित हुनुका साथै सर्ट सर्किट र पानीबाट जोगाउन आईपी ६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ

यो ब्याट्रीसँगै कम्पनीले २५ एम्पियरको अत्याधुनिक SMPS चार्जर समेत उपलब्ध गराएको छ, जसमा २ वर्षको वारेन्टी दिइएको छ यस चार्जरको सहायताले ब्याट्रीलाई मात्र ३ देखि ४ घण्टामा पूर्ण रूपमा चार्ज गर्न सकिन्छ हल्का वजन र उच्च क्षमताका कारण यो ब्याट्रीले धेरै माइलेज दिने र सधैं समान पावर कायम राख्न मद्दत पुर्याउँछ

साधारण लेड-एसिड ब्याट्रीको आयु १ देखि २ वर्ष मात्र हुने भए तापनि एक्साइडको यो नयाँ लिथियम-आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमताको छ

यस ब्याट्रीमा बारम्बार पानी थप्नु पर्ने झन्झट नहुने र मर्मत खर्च पनि निकै कम लाग्ने भएकाले चालकहरूका लागि यो निकै किफायती साबित हुने देखिएको छ कम्पनीले ग्राहकहरूको ढुक्कका लागि ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ

नेपालभरका सबै आधिकारिक एक्साइड डिलरहरू मार्फत उपलब्ध हुने यो ब्याट्री र चार्जरको सेटले ई-रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?