- यामाहा नेपालले हालै नेपालमा लन्च गरेको FZS FI Hybrid मोटरसाइकल एक हप्ताभित्रै सोल्ड आउट भएको छ।
- ग्राहकहरूको उत्साही प्रतिक्रियाले पर्यावरणमैत्री एवं उच्च माइलेज दिने यस्तो सवारीसाधनप्रतिको आकर्षणलाई स्पस्ट पारेको छ।
- कम्पनीले बढ्दो माग सम्बोधन गर्न नयाँ स्टकका लागि प्रि-बुकिङ खोल्दै समयमै डेलिभरीको सुनिश्चितता दिएको छ।
काठमाडौँ — यामाहा नेपालले हालै बजारमा ल्याएको नेपालको पहिलो हाइब्रिड मोटरसाइकल FZS FI Hybrid ले नेपाली बजारमा तहल्का मच्चाएको छ ।
आधिकारिक लन्च भएको एक हप्ताभित्रै यस मोडलका सबै उपलब्ध युनिटहरू बिक्री (सोल्ड आउट) भएका छन् । ग्राहकहरूबाट प्राप्त यो उत्साहजनक प्रतिक्रियाले नेपालमा आधुनिक र वातावरणमैत्री सवारीसाधनप्रतिको आकर्षणलाई स्पष्ट पारेको छ ।
हाइ-टेक इनोभेसनसहित सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपालमा नयाँ पुस्ताको मोटरसाइकलिङ संस्कृतिको सुरुवात गरेको छ । प्रसिद्ध FZ लिगेसीलाई निरन्तरता दिँदै डिजाइन गरिएको यो मोडलले पावर, सुधारिएको इन्धन दक्षता र कम उत्सर्जनबीच उत्कृष्ट सन्तुलन कायम गरेको छ ।
विशेषगरी बढ्दो इन्धनको मूल्य र शहरी ट्राफिक जस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने गरी बनाइएको यो मोटरसाइकललाई नेपालकै सबैभन्दा बढी माइलेज दिने मोटरसाइकलको रूपमा हेरिएको छ ।
यस अभूतपूर्व सफलतापछि यामाहा नेपालले FZS FI Hybrid को अर्को ब्याचका लागि आधिकारिक रूपमा प्रि-बुकिङ खुला गरेको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका यामाहाका अधिकृत डिलरहरू वा आधिकारिक सामाजिक सञ्जालमार्फत बुकिङ प्रक्रियाबारे जानकारी लिन सक्नेछन् ।
कम्पनीले बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ स्टक चाँडै उपलब्ध गराउने र समयमै डेलिभरी सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
यस उपलब्धिबारे बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “आजको समयमा प्रविधि र माइलेजको महत्व बढिरहेको सन्दर्भमा प्राप्त प्रतिक्रियाहरू अत्यन्तै उत्साहजनक छन्। यसले यामाहाको नवीन दृष्टिकोण र उत्पादनप्रति ग्राहकहरूको प्रगाढ विश्वासलाई प्रतिबिम्बित गर्दछ” ।
उनले नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार आगामी दिनमा पनि थप व्यवहारिक र अत्याधुनिक यातायात समाधानहरू ल्याउन कम्पनी प्रतिबद्ध रहने बताए ।