अ
+
अ
अ
-
काठमाडौँ – सन् नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले साेमबार अर्याललाई पक्राउ गरेको हाे।
सिआइबीका प्रमुख एआइजी प्रमुख मनोज केसीले अर्याल पक्राउ परेको पुष्टि गर्दै सेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।
सोही कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्टयाएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको कागजात पेस गर्दा गलत दिएको आरोप उनीमाथि रहेको छ।
फरक–फरक निकायमा फरक–फरक तरिकाले विवरण पेस गरेको देखिन आएको हुँदा धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा समेत गम्भीर त्रुटि देखिएको प्रहरीले जनाएको छ।