स्थापना दिवसको उपलक्ष्यमा बिरामीलाई पोषणयुक्त खानेकुरा सहयोग

स्थापना दिवसको उपलक्ष्यमा बिरामीलाई पोषणयुक्त खानेकुरा सहयोग
+
-
देशसञ्चार AI सारांश
  • नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसमा हुम्ला शाखाले जिल्ला अस्पतालका बिरामीलाई पोषणयुक्त खाद्य सामग्री सहयोग गरेको छ।
  • बिरामीलाई हर्लिक्स, अण्डा, फलफूल र बिस्कुटजस्ता पोषणयुक्त सामग्री वितरण गर्न सामाजिक बिकास कार्यालयले आर्थिक सहयोग पुर्याएको छ।
  • कार्यक्रममा सहभागी भएका स्थानीय नेताहरुले जिल्ला अस्पतालका बिरामीलाई सामग्री वितरण गरी रचनात्मक सुझाव पेश गरेका छन्।

हुम्ला – जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई पोषणयुक्त खानेकुरा बितरण गरिएको छ। नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघ हुम्ला शाखाले ती सामाग्री सहयोग गरेको हो।

जिल्ला अस्पतालमा उपचाररत सात जना बिरामीलाई पोषणयुक्त खानेकुरा प्रदान गरिएको महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले बताए।

उपचाररत बिरामीको पोषणमा सुधार ल्याउनका लागि महासंघ हुम्ला शाखाले ती सामग्री सहयोग गरेको छ। सामाजिक बिकास कार्यालयको आर्थिक सहयोगमा हर्लिक्स, अण्डा, फलफुल र बिस्कुट प्रदान गरिएको उनले बताए।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी केटकुमार रेग्मी, गुल्मपति हरिवावु श्रेष्ठ, रास्वपा सभापति नरजित दमाई, काँग्रेस सचिव कृष्णबहादुर बोहरा, एमाले उपसचिव लामा लगाएतले थी सामाग्री विरामीलाई प्रदान गरेका थिए।

बिरामीलाई सामाग्री बितरणपछि आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रबुद्ध ब्यक्तिहरुले रचनात्मक सुझाव दिएका छन्।

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कोण सभालाई बोल्दै सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले जिल्लामा रचनात्मक पत्रकारिताको खाँचो परेको औँल्याए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकरी रेग्मीले राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रले सधै सत्य र तथ्यमा आधारित सामग्री दिनुपर्ने बताए।  राजनीति दलहरुकातर्फबाट रास्वपा हुम्लाका सभापति नरजित दमाईले सरकार गर्ने राम्रा र नराम्रा कामको उजागार गर्न आग्रह गरे।

सरकारलाई रचनात्मक सुझावको आवश्यकता रहेको बताउदै नेपाली पत्रकारिता क्षेत्रले त्यो सहयोग गर्नुपर्ने उनले बताए। कार्यक्रममा महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले जिल्ला अस्पतालमा पुगेर भर्ना भएका बिरामीलाई पोषणयुक्त खानेकुरा प्रदान गरिएको जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?