देउवा शेखर समूहले दियो सांसदलाई निर्देशन

देउवा शेखर समूहले दियो सांसदलाई निर्देशन
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस नेता पूर्णबहादुर खड्काले सांसदहरुलाई पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर भुमिका निर्वाह गर्न आग्रह गरे।
  • खड्काले संविधान संशोधनको मुद्दा उठाएको र यसमा कुनै सम्झौता नगर्ने पार्टीको धारणालाई दोहोर्याए।
  • उनले लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा र नागरिक अधिकारको सुनिश्चिततामा कांग्रेस दृढतापूर्वक उभिने स्पष्ट पारे।

काठमाडौँ – कांग्रेस नेता पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरेका छन्।

सोमबार देउवा र शेरख कोइराला पक्षले नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उक्त समूहका कार्यवाहक सभापति मानिदै आएका खड्काले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर भुमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

उनले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताए। पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न खड्काको निर्देशन थियो।

संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भए पनि त्यसमा प्रगति हुन नसकेको उनको भनाइ छ।

संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिए। कार्यवाहक सभापति खड्काले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पारे।

‘हालै सम्पन्न निर्वाचनपछि संसदको जुन प्रकारको बनोट छ, त्यसमा हाम्रो जुन खालको उपस्थिति छ, त्यसमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित हुनभएका सदस्यहरुको भुमिका प्रभावकारी रहनेछ, अनुकरणीय रहनेछ, खड्काले अगाडि भने, ‘पार्टीको इतिहास, आर्दश, नेपाल राष्ट्र र नेपाली जनताको हितमा, रक्षामा तपाईहरुको प्रस्तुती, अभिव्यक्तिहरु संसदभित्र राष्ट्रिसभा, प्रतिनिधिसभा, संसदको संयुक्त बैठकमा पनि प्रखर रुपमा प्रस्तुत हुनेछन्।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?