आध्यात्मिक पत्रकार समाजको मधेस प्रदेश समिति गठन

आध्यात्मिक पत्रकार समाजको मधेस प्रदेश समिति गठन
+
-

जनकपुरधाम – आध्यात्मिक पत्रकार समाजको मधेस प्रदेश स्तरीय समिति गठन गरिएको छ। रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठीमा ८ सदस्यीय समिति गठन गरिएको हो।

श्रीनारायण साहको अध्यक्षतामा गठन गरिएको मधेस प्रदेश समितिको उपाध्यक्षमा सत्यनारायण आलोक, सचिवमा उपेन्द्र भगत नागवंशी, कोषाध्यक्षमा अभयकुमार साह तथा सदस्यहरूमा मिश्री लाल मधुकर, संजिव कुमार साह, गार्गी शाह र केवल कुमार साह रहेका छन्। उक्त समितिको सल्लाहकार कमल साह तथा केन्द्रीय समन्वयकर्ता भोगेन्द्रलाल कर्णलाई मनोनित गरिएको छ।

उक्त अवसरमा मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री फकिरा महतोले आध्यात्मिक मूल्यमा आधारित पत्रकारिताले समाजमा सत्य, न्याय र पारदर्शिता मजबुत बनाउने बताउँदै पत्रकारहरूले तथ्यमा आधारित र सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका विशिष्ट अतिथि भारतको गुजरातका सन्त समर्थ रामदासले जनकपुरधाम जगतजननी सीता माताको पवित्र जन्मभूमि र विश्व–आध्यात्मिक सन्देशको केन्द्र रहेकाले यसको संरक्षणमा सबै पक्षलाई जुट्न आग्रह गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?