ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारीसमेत सडकमा (तस्बिरहरू)

ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारीसमेत सडकमा (तस्बिरहरू)
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै पदाधिकारीहरूसमेत सडक प्रदर्शनमा उत्रिएका छन्।
  • सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शन शान्तिपूर्ण भए पनि मुख्य सडक अवरुद्ध बन्यो।
  • अनुसन्धानका लागि पाँच दिन हिरासतमा रहेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारीहरूसमेत सडक प्रदर्शनमा उत्रिएका छन्।

शनिबार ओली पक्राउ परेका थिए। त्यसपछि भएका दुई दिनका सडक प्रदर्शनमा नदिएका पदाधिकारीहरू सोमबार भने सडकमा देखिएका छन्। सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म माइतीघरदेखि नयाँ बानेश्वरसम्म भएको सडक प्रदर्शनमा सचिवहरू भानुभक्त ढकाल, राजन भट्टराई, शेरधान राई सडकमा उत्रिएका हुन्।

ढकाल र राई पूर्वमन्त्रीसमेत हुन्। उनीहरूसमेत सडकमा आएपछि दुई दिनको आन्दोलनमा सहभागी भएका भन्दा सोमबार सडक प्रदर्शनमा सहभागीको संख्यासमेत बढेको थियो।

उनीहरूले केपी शर्मा ओलीको रिहाइको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडक प्रदर्शन गरे। प्रदर्शनकाक्रममा शनिबार र आइतबारका जस्ता बल प्रयोगका घटना भएनन्।

शान्तिपूर्णरुपमा भएको प्रदर्शनमा माइतीघरदेखि नयाँ बानेश्वरसम्मको मुख्य सडक भने अवरुद्ध बन्यो। सडकका दुई छेउबाट मात्र सवारी सधान सञ्चालन हुन पाए।

जेनजी आन्दोनलको छानबिन गर्न बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने भन्दै शनिबार सरकारले ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको छ।

उनीहरूमाथि आइतबार जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसैबीच पक्राउ परेपछि ओलीको स्वास्थ्यमा भने समस्या देखिएको छ। स्वास्थ्यमा विभिन्न रोगको संक्रमण देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

ओलीको दुईपटक मिर्गौला प्रत्यारोपण गराएका थिए।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?