मध्यपूर्व युद्धले कच्चा तेलको मूल्य १ सय १५ डलर माथि, एसियन सेयर बजारमा ठूलो गिरावट

मध्यपूर्व युद्धले कच्चा तेलको मूल्य १ सय १५ डलर माथि, एसियन सेयर बजारमा ठूलो गिरावट
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका, इजरायल र इरानबीचको तनावले कच्चा तेलको मूल्य ११५ डलर माथि पुऱ्याएको छ र शेयर बजारमा गिरावट आएको छ।
  • युद्धको सम्भावनासँगै, अमेरिकाले खार्ग टापु कब्जा गर्ने सुरमा मध्यपूर्वमा ठूलो संख्यामा सैनिक पठाएको छ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको तेल कब्जा गर्न सक्ने संकेत गर्दै इरानको टापूलाई सजिलै नियन्त्रणमा लिन सकिने बताएका छन्।

अमेरिका-इजरायल र इरानबीच जारी युद्ध थप चर्किने संकेत पाएसँगै कच्च तेलको मूल्य १ सय १५ डलर माथि पुगेको छ। अमेरिकाले खार्ग टापु कब्जा गर्ने उद्धेश्यसहित ठूलो मात्रामा सैनिकहरुलाई मध्यपूर्वमा पठाएसँगै युद्ध लम्बिने आशंका बढ्दै गएको छ।

सोमबार बिहान एसियामा विश्व तेल मूल्य तीव्र रूपमा बढ्दा शेयर बजारमा भारी गिरावट आएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ डलर माथि पुगेको छ। अमेरिकी बजारमा कारोबार हुने तेल पनि करिब ३.५ प्रतिशतले बढेर १०३ डलर पुगेको छ। यससँगै ब्रेन्ट तेल आफ्नो इतिहासकै सबैभन्दा ठूलो मासिक वृद्धि गर्ने दिशामा अघि बढिरहेको छ।

त्यस्तै एसियाली शेयर बजारहरू घटेर खुलेका छन्। जापानको निक्केई २ सय २५ सूचकांक ४.५ प्रतिशतले घटेको छ भने दक्षिण कोरियाको कोस्पी पनि करिब ४ प्रतिशतले तल झरेको छ। यो अवस्था त्यतिबेला आएको हो, जब इरान समर्थित यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमण गर्दै युद्धमा प्रवेश गरेका छन्। साथै, इरानले अमेरिका र इजरायलका अधिकारीहरूको घर तथा विश्वविद्यालयहरूमा समेत प्रतिकारात्मक आक्रमण विस्तार गर्ने चेतावनी दिएको छ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा आफूले ‘इरानको तेल कब्जा गर्न सक्ने’ बताएका थिए। उनले इरानको मुख्य तेल केन्द्र खार्ग टापुलाई नियन्त्रणमा लिन सक्ने सम्भावनासमेत व्यक्त गरे।
त्यस टापुमा इरानको सुरक्षा व्यवस्थाबारे सोधिँदा उनले भने, ‘मलाई लाग्दैन त्यहाँ कुनै बलियो रक्षा छ। हामी सजिलै नियन्त्रणमा लिन सक्छौं।’

ट्रम्पले यसलाई भेनेजुएलासँग तुलना गर्दै, त्यहाँ जस्तै अमेरिका इरानको तेल उद्योगलाई ‘दीर्घकालसम्म नियन्त्रणमा राख्न सक्ने’ दाबी गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?