‘भ्रामक सूचना फैलाएको’ आरोपको गायक शिव परियारद्वारा खण्डन, आयोगको प्रतिवेदनप्रति आपत्ति

‘भ्रामक सूचना फैलाएको’ आरोपको गायक शिव परियारद्वारा खण्डन, आयोगको प्रतिवेदनप्रति आपत्ति
+
-
देशसञ्चार AI सारांश
  • गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई भ्रामक भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनले सामाजिक सञ्जालमा “३२ जना संसद भवनभित्र मृत फेला” भन्ने हल्लाको सत्यता बुझ्न मात्र प्रश्न गरेका थिए।
  • आयोगको प्रतिवेदनले उनको प्रतिष्ठा र अधिकारमा असर पु¥याएको भन्दै पुनर्विचारको माग गरेका छन्।

काठमाडौं- लोकप्रिय गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’ को रूपमा चित्रण गरिएको भन्दै त्यसको कडा शब्दमा खण्डन गरेका छन्।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त आरोप वास्तविकतामा आधारित नरहेको स्पष्ट पार्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

परियारले वि.सं. २०८२ भदौ २३ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा सिर्जित अन्योलपूर्ण वातावरणमा आफूले केवल सत्यतथ्य बुझ्न जिज्ञासा मात्र राखेको बताएका छन्।

सामाजिक सञ्जालमा “३२ जना संसद भवनभित्र मृत फेला” भन्ने हल्ला व्याप्त भएपछि आफूले सो विषयको सत्यता बुझ्न प्रश्नवाचक शैलीमा पोस्ट गरेको र त्यसको उद्देश्य भ्रम फैलाउनु नभई सूचनाको हक प्रयोग गर्नु मात्र रहेको उनको जिकिर छ।

विज्ञप्तिमा भनिएको छ, “मैले ‘के यो सत्य हो?’ भनी जिज्ञासामूलक प्रश्न गरेको थिएँ। जब प्रतिक्रियाहरूबाट उक्त खबर गलत भएको पुष्टि भयो, मैले तत्कालै सो पोस्ट हटाएको थिएँ।”

तर, केही सञ्चारमाध्यम र सामाजिक सञ्जालले आफ्नो पोस्टको वास्तविक मर्मलाई बङ्ग्याएर पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरेको र सोही गलत समाचारलाई आधार मानी आयोगले प्रतिवेदन तयार पारेकोमा उनले गम्भीर आपत्ति जनाएका छन्।

आयोगको यस्तो निष्कर्षले आफ्नो व्यक्तिगत प्रतिष्ठा, कलाकारको सामाजिक छवि र संवैधानिक अधिकारमा गम्भीर असर पुर्‍याएको भन्दै उनले न्यायको माग गरेका छन्।

गायक परियारले सरकारलाई भ्रामक सूचनाका आधारमा गरिएका निष्कर्षलाई पुनर्विचार र पुनर्मूल्याङ्कन गर्न विनम्र अनुरोध गर्दै सत्यतथ्य छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?