आइपीएल: मुम्बईले गर्यो आफ्नो इतिहासकै उच्च रन चेज, १४ वर्षपछि पहिलो खेलमा जित

आइपीएल: मुम्बईले गर्यो आफ्नो इतिहासकै उच्च रन चेज, १४ वर्षपछि पहिलो खेलमा जित
+
-
देशसञ्चार AI सारांश
  • मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै १४ वर्षपछि आफ्नो पहिलो खेलमा जीत हासिल गर्यो।
  • रोहित शर्माले कोलकाताविरुद्ध १,१६१ रन बनाउँदै एकै टोलीविरुद्ध सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्।
  • कोलकाताले सेट गरेको २२० रनको लक्ष्य मुम्बईले ओपनर रोहित शर्मा र रियन रिकेल्टनको १४८ रनको साझेदारीमा पूरा गर्यो।

इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले आफ्नो पहिलो खेलमा १४ वर्षपछि जित निकालेको छ। इतिहासकै सबैभन्दा ठूलो रन चेजको कीर्तिमान बनाएको मुम्बईले कोलकाता नाइट राइडर्सलाइ ६ विकेटले पराजित गर्दा कीर्तिमानी प्रदर्शन गर्यो।

वाखडे मैदानमा भएको खेलमा ओपनर रोहित शर्माले आफ्नो आईपीएल करियरकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरे। साथै, उनी कुनै एक टोलीविरुद्ध सबैभन्दा धेरै रन बनाउने ब्याटर पनि बने। रोहितको कोलकाता विरुद्ध कुल १,१६१ रन पुगेको छ।

मुम्बइले आफ्नो पहिलो खेलमा यसअघि सन् २०१२ मा जित निकालेको थियो। जहाँ उसले चेन्नई सुपर किग्सलाई हराएको थियो। यसअघि टोलीको सन् २०२१ मा चेन्नईले दिएको २ सय १९ रनको स्कोर चेज गरेको थियो।

आइतबार राति सम्पन्न खेलमा कोलकाताले टस हारेर पहिले ब्याटिङ गर्दै २ सय २० रन बनाएको थियो। उसका लागि कप्तान अजिंक्य रहाणेले ६७ रन बनाउँदा एकृष रघुवंशिले ५१ रन तथा रिन्कु सिंहले ३३ र फिन एलनले ३७ रन बनाएका थिए। जवाफमा मुम्बईले उक्त लक्ष्य ५ बल बाँकी हुँदै पूरा गर्यो।

२ स २१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर रोहित शर्मा र रियन रिकेल्टनले पहिलो विकेटका लागि १ सय ४८ रनको साझेदारी गरेका थिए। रिकेल्टनले ४३ बलमा ८ छक्का र ४ चौकाको सहयोगमा ८१ रन बनाउँदा शर्माले ३८ बलमै समान ६ चौका र छक्काको सहयोगमा ७८ रन बनाए। त्यस्तै तिलक वर्माले १६ रन बनाउँदा हार्दिक पाण्ड्याले १८ रन बनाएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?