लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ
फाइल तस्बिर
+
-

काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।

शर्मामाथि एक बालिकालाई लामो समयदेखि आफ्नो घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप लागेको थियो। यसअघि महानगरपालिकाको नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीको टोलीले ती बालिकाको उद्धार गरी घटनास्थलको मुचुल्का समेत तयार पारेका थिए।

यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा चलाउन नपर्ने रायसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।

तर, चौतर्फी दबाब र अनुसन्धानको निरन्तरतापछि प्रहरीले अन्ततः उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?