अब श्रम स्वीकृति एकदिनमै दिने सरकारको निर्णय

अब श्रम स्वीकृति एकदिनमै दिने सरकारको निर्णय
+
-
काठमाडौँ-  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति अब एक दिनमै प्रदान गर्ने भएको छ।
श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन भए अनुसार आजैदेखि उल्लिखित कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएकाे छ।

मन्त्री दीपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सरकारद्वारा स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीमाथि छलफल गर्दै तत्काल कार्य योजना अघि बढाउने निर्णय गरेको हो।

मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य समाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्ने र पूर्वप्रस्थान अभिमूखीकरण तालिमलाई पूर्ण रूपमा अनलाईन प्रणालीमा आधारित बनाउने योजना पनि बनाएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गर्ने तथा श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन न्यूनतम मापदण्ड तयार गर्ने, श्रमिकको न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन गर्ने र कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको अवस्था सुधार गर्ने विषयलाई प्राथमिकता दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?