अ
+
अ
अ
-
काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले आइतबार पूर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खड्कालाई आइतबार बिहान पक्राउ गरेको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।