अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचार व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ।
शनिबार बिहान पक्राउ परेका ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आइतबार अदालत लगिएको थियो। अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
साथै ओली अस्वस्थ भई उपचार गराइरहेको हुँदा प्रभावकारी उपचार व्यवस्था गर्न अदालतले आदेश दिएको छ।
अदालतले भनेको छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिFदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्नसमेत यो आदेश गरिदिएको छ।’
शनिबार पक्राउ परेपछि ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।