यातायात ब्यवस्था कार्यालय सवारी अनुमति पत्रका प्रमुख सत्याल मन्त्रालय तानिए

यातायात ब्यवस्था कार्यालय सवारी अनुमति पत्रका प्रमुख सत्याल मन्त्रालय तानिए
+
-
देशसञ्चार AI सारांश
  • बढ़्दो गुनासो र अनियमितताको आरोपपछि यातायात व्यवस्था कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको हो।
  • सत्यालमाथि असफल उम्मेदवारलाई उत्तीर्ण गराएको आरोपमा मन्त्रालयले औपचारिक छानबिन प्रक्रिया सुरु गरेको छ।
  • सत्याललाई जिम्मेवारीबाट अलग राख्दै, वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

माेरङ – यातायात व्यवस्था कार्यालय इटहरीस्थित सवारी चालक अनुमति पत्रका कार्यालय प्रमुख सतिश सत्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय तानिएका छन्।

कार्यालयमा बढ्दो जनगुनासोसंगै अनियमितताको आरोप लागेपछि सत्याललाई विराटनगरस्थित मन्त्रालय तानिएको हो। सत्यालमाथि सवारी चालक अनुमति पत्र दिदाँ वा नवीकरण गर्दा अनिवार्य गरिने स्वास्थ्य परीक्षणमा असफल भएका व्यक्तिलाई उत्तिर्ण गराएको आरोप छ। मन्त्रालयका अनुसार सेवाग्राहीबाट लिखित तथा मौखिक रूपमा निरन्तर गुनासो आइरहेका थिए।

गुनासो बढेसंगै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले समेत कार्यालयको छड्के अनुगमन गरेका थिए। मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार नवौं तहका अधिकृत सत्याललाई मन्त्रालयमा तानेर थप छानबिन अघि बढाइएको हो। हाल मन्त्रालयले उनीमाथि औपचारिक छानबिन प्रक्रिया सुरु गरेको छ। मन्त्रालयमा हाजिर भइरहेका सत्याललाई कुनै जिम्मेवारी दिइएको छैन। मन्त्रालयले उनलाई सक्रिय जिम्मेवारीबाट अलग राख्दै छानबिन प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयका सचिव तामाङकै नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई उत्तीर्ण गराइएको प्रमाण फेला परेको मन्त्रालयको दाबी छ। अनुगमन टोलीले सत्यालको कार्यकक्षमा रहेका दराजसमेत सिल गरेको छ।

अर्कोतर्फ, मन्त्रालय तानिएका सत्यालले भने उनीमाथि लगाइएका आरोपलाई अस्वीकार गरेका छन्। सत्यालले कार्यालयमा लामो समयदेखि रहेको स्वास्थ्य परीक्षणसम्बन्धी समस्या समाधान गर्ने प्रयास आफूले गरिरहेको समेत बताए। घटनाको विषयमा मन्त्रालयले यातायात व्यवस्था महाशाखा प्रमुख उर्मीला निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ। सो समितिलाई दुई साताभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।

त्यसैगरि, मन्त्रालय तानिएका सत्यालको स्थानमा दैनिक प्रशासन सञ्चालनका लागि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई यातायात कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?