लामिछानेबिरुद्धको रिट अब पूर्ण इजलासमा

लामिछानेबिरुद्धको रिट अब पूर्ण इजलासमा
फाइल फोटो
+
-

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता लिने निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णयविरुद्ध परेको रिटमा आइतबार पनि कुनै फैसला आएन।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यो रिटमाथि आइतबार बहस सकिए पनि फैसला नआएको हो।

संयुक्त इजलासले यस रिटलाई पूर्ण इजलासमा सुनवाइका लागि पठाउने आदेश गरेको छ। पूर्ण इजलासमा तीन जना न्यायाधीश हुन्छन्।

तत्कालीन सुशीला कार्की सरकारले लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणका मुद्दा फिर्ता लिने तयारी गरे पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन नमिल्ने भएपछि कार्की सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले अभियोग नै संशोधन गर्ने निर्णय लिएकी थिइन्। सोही निर्णयबिरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउने निर्णय संयुक्त इजलासले गरेको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?