युवा जनशक्ति बाहिरिँदा, गाउँमा वृद्ध र महिलामाथि बढ्दो भार

युवा जनशक्ति बाहिरिँदा, गाउँमा वृद्ध र महिलामाथि बढ्दो भार
+
-
देशसञ्चार AI सारांश
  • गाउँमा रोजगारीको अभावले भारतलगायत मुलुकतर्फ जाने युवाको संख्या बढ्दै जनजीवनमा प्रत्यक्ष असर देखिएको छ।
  • वृद्धवृद्धा र महिलामा खेतीपाती तथा सामाजिक कार्यको जिम्मेवारी थपिएकाले उनीहरूको दिनचर्या कष्टकर बनेको छ।
  • कृषि, पर्यटन तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्ने प्रयास भए पनि सीमित स्रोतले पर्याप्त सफलता छैन।

मुगु – मुगु जिल्लामा पछिल्ला वर्षहरूमा युवापलायन तीव्र बन्दै गएको छ। गाउँमै रोजगारीका अवसर अभाव भएपछि परिवारको गुजारा चलाउन युवाहरू भारतलगायत अन्य मुलुकतर्फ जाने क्रम बढेको हो। यसको प्रत्यक्ष असर गाउँको जनजीवनमा देखिन थालेको छ।

गाउँघरमा अहिले युवा पुस्ताको उपस्थिति न्यून हुँदै जाँदा बस्तीहरू सुनसानजस्तै देखिन थालेका छन्। दैनिक घरधन्दा, खेतीपाती, पशुपालनदेखि सामाजिक कार्यसम्मका जिम्मेवारी वृद्धवृद्धा र महिलामाथि थोपारिएको छ। यसले उनीहरूको दैनिकी झनै कष्टकर बनाएको छ।

सोरु गाउँपालिका–८ नाेकाेट निवासी डिलबहादुर बमका अनुसार, “पहिले घरमा काम गर्ने धेरै थिए , श्रीमति परलाेग भएकाे ३ बर्ष बढी भयाे, आफ्ना दुईछाेरा बिदेश छन् साथै बरपर गाउँ बस्तीका अधिकांश युवा समेत बाहिर गएका छन्। उमेरले साथ नदिए पनि सबै काम म जस्ता बृद्दले आफैं गर्नुपरेको छ।” गाउँमा हुने सबै सामाजिक संस्कार देखी सबै कामकाे जिम्मेवारी हामीमा छ। “यस्ता अनुभव अधिकांश ग्रामीण भेगका परिवारमा समान रूपमा देखिन्छन् ।

युवाहरूको बाहिरिने क्रम बढेसँगै विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ भने उत्पादनशील जनशक्ति बाहिरिँदा स्थानीय विकासका प्रयासहरू पनि प्रभावित बनेका छन्। गाउँमा हुने सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत बालबालिका, महिला र वृद्धवृद्धाको मात्रै सहभागिता रहने गरेको छ।

स्थानीय जनप्रतिनिधिहरूले पनि यो अवस्थालाई गम्भीर रूपमा लिएका छन्। उनीहरूका अनुसार कृषि, पर्यटन तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्ने प्रयास भए पनि सीमित स्रोत–साधनका कारण सबै युवालाई गाउँमै रोक्न सकिएको छैन।

स्थानीय बासिन्दाहरू भने दीर्घकालीन रूपमा युवापलायनले गाउँको सामाजिक र आर्थिक संरचनामै असर पार्ने चिन्ता व्यक्त गर्छन्। उनीहरू गाउँमै रोजगारी सिर्जना गर्ने ठोस नीति र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउँछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?