विपदबाट नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन

विपदबाट नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन
+
-

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले विपद्का कारणले कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन्।

आइतबार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आउँदो मनसुनमा विपद्को कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी पूर्वतयारी गर्न निर्देशन दिएका हुन्।

उनले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताए। उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यवहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रश्ताव पेश गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएको बताए।

उनले नेपालमा भूकम्प, बाढीपहिरोलगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?