काठमाडौं- नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ हुने भएको छ।
आधिकारिक रूपमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभई पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी शाक्यको रिटमा छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा सुनुवाइका लागि चैत १६ गते सोमबारको पेसी तय भएको हो।
सोमबार रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ।
सुझावका आधारमा पक्राउ गर्ने कार्यले स्वतन्त्रताको मौलिक हक हनन् हुने दाबी रिटमा गरिएको छ।
उता काठमाडौँ जिल्ला अदालतमा ओली पक्राउपछि १० दिनका लागि म्याद थप गर्नेबारे बहस सकिएको छ भने आदेश केहीबेर आउने जिल्ला अदालत प्रशासनले जानकारी दिएको छ।