तिब्बती जनसरकार प्रमुखले दिए प्रधानमन्त्री शाहलाई शुभकामना

तिब्बती जनसरकार प्रमुखले दिए प्रधानमन्त्री शाहलाई शुभकामना
+
-

काठमाडौँ- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको भारतस्थित धर्मशालाबाट निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुखले बधाई दिएका छन्।

दलाई लामाका प्रमुख प्रशासक सिक्योंग पेन्पा छिरिङले प्रधानमन्त्री शाहलाई बधाईपत्र पठाएका हुन्।

उनले हालैको जेनजी नेतृत्वको आन्दोलनपछि नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा उदय हुनु नेपाली जनताको,विशेष गरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक रहेको आफ्नो बधाईपत्रमा उल्लेख गरेका छन्।

नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौँदेखि कायम रहेको उल्लेख उनले गरेका छन्।

उनले पत्रमा लेखेका छन्- ‘तिब्बतलाई जबरजस्ती कब्जा गरेपछि तिब्बती समुदायले नेपालमा शरण पाएका थिए। आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक र आर्थिक जीवनमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका छन्। यो सम्भव भएको नेपाल सरकार र जनताको उदारताका कारण हो,जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।’

उनले थप लेखेका छन्, ‘तपाईंको सक्षम नेतृत्वमा हाम्रा जनताबीचको मित्रता अझ सुदृढ हुने आशा छ।’

निर्वासित तिब्बती सरकारले यसअघि  जेनजी आन्दोलनपछि गठित अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पनि शुभकामना दिएको थियो।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?