अ
+
अ
अ
-
काठमाडौं- शुक्रबार प्रधानमन्त्रीको कार्यभार सम्हालेका बालेन्द्र शाहले आइतबार दिउँसो सिंहदरबारस्थित कार्यालयमा मन्त्रीहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् भने मन्त्रीहरू पनि त्यहाँ पुगिसकेका छन्।
सरकारले शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछिको अवस्थालगायतका विषयमा कुरा गर्न शाहले मन्त्रीहरूलाई बोलाएको अनुमान छ।
आइतबार बिहान पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धिकरणको मुद्दामा पकाउ परेका छन्।