ओलीलाई रिहाइ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन (तस्बिरसहित)

ओलीलाई रिहाइ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन (तस्बिरसहित)
+
-

मोरङ- नेकपा एमाले मोरङ जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउकोविरुद्धमा प्रदर्शन गरेको छ ।

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमार्फत जिल्ला कमिटीले प्रधानमन्त्रीसमक्ष विरोध पत्रसमेत पठाएको छ ।

जिल्लाका कार्यवाहक अध्यक्ष सागर थापाले सरकारले शनिबार बिहानै गरेको गतिविधिलाई प्रतिशोधपूर्ण र असंवैधानिक कदम भएको आरोप लगाएका छन् ।

विरोध-पत्रमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्यविपरीत भएको कार्यवाहक अध्यक्ष थापाले बताएका छन् ।

पार्टी अध्यक्ष शर्मालाई तत्काल रिहाइ गरिनुपर्ने बताउँदै उनले प्रतिवेदन सार्वजनिक नभइ अध्ययन नगरी कार्वाहीको प्रक्रियाअघि बढाउनुले राजनीतिक प्रतिशोध साध्ने काम भएको बताए ।

विरोध पत्रमा भदौ २३ गते भएको आन्दोलनका क्रममा भएका विभिन्न हिंसात्मक घटनाहरू-सरकारी संरचनामा तोडफोड, आगजनी, लुटपाट, प्रहरीमाथि आक्रमणलगायतका विषयमा आयोगको प्रतिवेदन मौन रहेको बताइएको छ।

एमाले मोरङले पार्टी अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।

तस्बिरहरू: 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?