यसकारण पक्राउ परे पूर्वऊर्जामन्त्री खड्का

यसकारण पक्राउ परे पूर्वऊर्जामन्त्री खड्का
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • पूर्वऊर्जा मन्त्री दीपक खड्का जेनजी आन्दोलनका क्रममा छानबिनको लागि पक्राउ परेका छन्।
  • खड्काको घरमा आगजनी हुँदा जलेका नेपाली र विदेशी मुद्राका नोटहरूको छानबिन गरिँदैछ।
  • खड्काले प्रदर्शनकारीहरूले योजनाबद्ध रुपमा चरित्र हत्या गर्न पैसा उडाएको आरोप लगाएका छन्।

काठमाडौँ- पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरबाट फेला परेको रकमबारे छानबिन गर्न सिआइबीले उनलाई पक्राउ गरेको जनाइएको छ।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन्। जेनजीआन्दोलनका बेला प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए।

आगलागीपछि घरभित्र रहेका नेपाली तथा विदेशी मुद्राका नोटहरू जलेको अवस्था सम्बन्धी भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। यसबारे पत्रकारहरूले खड्कालाई प्रश्न पनि गरेका थिए। जसको जबाफमा खड्काले प्रदर्शनकारीहरूले पैसा उडाउँदै गर्दा आफू घरमै रहेको बताएका थिए।

‘मेरो घरमा कति पैसा ‍थियो। कति विदेशी पैसा थियो भनेर प्रहरीसँग दर्ज गरेको छु। उडाएर फोटो खिचिएको थियो। यही घरमा बसेर हेरिरहेको थिए,’ उनले भनका थिए,’मैले दसैंका लागि ल्याएर राखेको पैसा थियो। २० र ५० रूपैयाँका नयाँ नोटहरू थिए। त्यसका एकएकवटा बन्डल ल्याएर फुर्र उडाएर सँगसँगै फोटो खिचिरहेका थिए। त्यो प्लानमा थियो। चरित्र हत्या गर्न प्लान गरिएको थियो।’

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र घटनास्थल वरपरबाट संकलित खरानीको विश्लेषण गर्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?