अ
+
अ
अ
-
नेपालगन्ज – नेपालगन्जमा जलेकाे अवस्थामा महिलाकाे शव फेला परेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ काेरियनपुरमा अन्दाजी ३० वर्षकी महिलाकाे शव जलेकाे अवस्थामा फेला परेकाे हाे ।
महिला काे हुन्, किन आफ्नै शरीरमा आगाे लगाइन् खुलेकाे छैन । बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले महिलाकाे सनाखत हुन नसकेकाे बताए ।
उनले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जानकारी दिए । शवलाई भेरी अस्पतालमा राखिएकाे छ ।