आइपीएल सुरु: बेंगलोरुले चेज गर्यो सर्वाधिक छिटो २ सय रन माथिको स्कोर

आइपीएल सुरु: बेंगलोरुले चेज गर्यो सर्वाधिक छिटो २ सय रन माथिको स्कोर
+
-
देशसञ्चार AI सारांश
  • डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरुले इन्डियन प्रिमियर लिगमा सर्वाधिक छिटो २ सय रनमाथिको स्कोर चेजको कीर्तिमान बनायो।
  • आरसीबीले २०२ रनको लक्ष्य केवल १५.४ ओभरमा पूरा गर्दै सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो।
  • विराट कोहलीले ६९ रनको अविजित इनिङ खेल्दै बेंगलोरुको जित सुनिश्चित गर्दा देवदत पाडिकलले ६१ रन बनाए।

डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरुले इन्डियन प्रिमियर लिग (आइपीएल) मा सर्वाधिक छिटो २ सय रनमाथिको स्कोर चेजको कीर्तिमान बनाएको छ।

१९ औं सिजको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकटेले हराउँदै आरसीबीले विजयी सुरुवात गर्दा कीर्तिमानी जित निकाल्यो।

आरसीबीले २०२ रनको लक्ष्य केवल १५.४ ओभरमा पूरा गरेको थियो। यसअघि २ सय प्लस रनको चाँडो रन चेजको कीर्तिमा राजस्थान रोयल्सको नाममा रहेको थियो। २०२५ मा राजस्थानले गुजरात टाइटंसविरुद्ध २ सय १२ रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

शनिबार राति सम्पन्न खेलमा विराट कोहलीले ६९ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरे। उनी एकै भेन्युमा सर्वाधक अर्धशतक प्रहार गर्ने खेली बने।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनाएको थियो। उसका लागि कप्तान इशान किसनले ३८ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ८० रनको विष्फोटक इनिङ खेलेका थिए। उनी बाहेक अनिकेट वर्माले ४३ रन बनाए।

त्यस्तै ट्रभिस हेडले ११ रन बनाउँदा हेनरीच क्लासेनले ३१ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो रनमा स्कोर बनाउन सकेनन्। बेंगलोरुका लागि ज्याकब डफी र रोमारियो शेफर्डले ३-३ विकेट लिए।

जवाफमा बेंगलोरुले उक्त लक्ष्य २६ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्यो। उसका लागि विराट कोहलीले ६९ रनमा विजित रहँदा देवदत पाडिकलले ६१ रन तथा कप्तान रजत पाटिदारले ३१ रन बनाए।

त्यस्तै टिम डेभिड १६ रनमा अविजित रहे। प्रतियोगितामा आज मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स भिड्ने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?