गोल्डकपलाई लिएर प्रदेश सरकार सकारात्मक छ, सक्दो सहयोग गर्नेछौँ ः सामाजिक विकासमन्त्री महतो

गोल्डकपलाई लिएर प्रदेश सरकार सकारात्मक छ, सक्दो सहयोग गर्नेछौँ ः सामाजिक विकासमन्त्री महतो
+
-
देशसञ्चार AI सारांश
  • विराट गोल्डकप तयारी सम्बन्धी छलफलमा निर्माणाधीन चेन्जिङ रुमको निरीक्षण गर्दै मन्त्री महतोले निर्माण सम्पन्नको निर्देशन दिए।
  • निकिता निर्माण सेवा समितिले आइतबार बेलुकासम्म चेन्जिङ रुमको काम सम्पन्न हुने जानकारी दिएको छ।
  • प्रदेश सरकारले गोल्डकपलाई प्राथमिकता दिएर आवश्यक सहयोग गर्ने प्रतिवद्धता मन्त्री महतोले जनाएका छन्।

मोरङ – चैत २८ गतेबाट सुरु हुने विराट गोल्डकपका लागि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो र विराट गोलडकप ट्रष्टका पदाधिकारीबीच छलफल भएको छ।

शनिबार विराट गोल्डकप ट्रष्टको कार्यालयमा पुगेका मन्त्री मेहताले गोल्डकप तयारीबारे छलफल गर्दै निर्माणाधीन चेन्जिङ रुमको विषयमा चासो राखेका छन्। गोल्डकपको तयारी बुझ्ने क्रममा उनले निर्माणाधीन चेन्जिङ रुमको समेत निरीक्षण गरेका थिए।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा चेन्जिङ रुम रहेको भवनमा आगजनी र तोडफोड भएको थियो। हाल चेन्जिङ रुम प्रदेश सरकारले निर्माण गरिरहेको छ। स्थलगत निरीक्षणका क्रममा मन्त्री महतोले विराट गोल्डकपलाई सहज हुने गरि निर्माण ब्यवसायीलाई चेन्जिङ रुमको काम सम्पन्न गर्न निर्देशन दिए। मन्त्री महतोले भने, ‘यो निर्माण भएको कामलाई तत्काल निर्माण ब्यवसायीले सक्नुपर्नेछ। खेलकुद सुरु अघिसम्ममा काम सम्पन्न नभए यसको रकम दिएको कुनै अर्थ रहदैन। यसका लागि सम्बन्धित मन्त्रालय र सचिवको समेत ध्यान जान जरुरी छ।’

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले दुई कोठाको चेन्जिंग रुम निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार गोल्डकप नजिकिएको हुँदा समयमै काम सम्पन्न गर्न सकिए सुखद हुने थियो।

अर्कोतर्फ, निर्माण गरिरहेको विराटनगरको निकिता निर्माण सेवा समितिले भने चेन्जिङ रुमको काम आइतबार बेलुकासम्म सकिने जनाएको छ। १५ लाख रुपैया बढिमा निर्माण भइरहेको चेन्जिङ रुमको करिब सबै काम सकिएको जनाएको समितिले आइतवारसम्म अन्तिम चरणको झ्याल ढोका र विद्युत वारिंगको काम सम्पन्न हुने जनाएको छ।

मितिले चेन्जिङ रुमसंगै तोडफोड भएको शौचालयको मर्मतपनि गर्ने जनाएको छ। त्यसैगरि, मन्त्री महतोले प्रदेश राजधानीकै प्रतिष्ठित प्रतियोगिताका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन्। उनले भने, ‘प्रदेश सरकारको सदरमुकामको हिसाबले पनि यो गोल्डकपले प्राथमिकता पाउनेछ। यो भन्दा धेरै भन्ने ठाउ छैन।’ मन्त्री मेहताले भने, ‘अहिले मैले यतिनै भनेर किटान गर्न सकिदैन। तर मैले गोल्डकपलाई सकारात्मक रुपमा लिएको छु। हामी सक्दो सहयोग गर्नेछौ।’

अघिल्लो संस्करणमा समेत प्रदेश सरकारले निर्धारित रकम दिन नसक्दा गोल्डकपले अपेक्षाकृत आर्थिक जोहो गर्न सकेको थिएन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?