हुम्ला – नेकपा एमाले हुम्लाले सदरमुकाम सिमकोटमा विरोध प्रदर्शनी गरेको छ। शनिबार बिहान एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि त्यसको विरोध स्वरुप हुम्लामा प्रदर्शन गरेको हो।
नेकपा एमाले हुम्लाको नेतृत्वमा उसका जनवर्गीय संगठनको सर्मथनमा शनिबार बेलुका सिमकोट बजारमा वर्तमान सरकार गठन भएको दोस्रो दिन मै एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शनी गरिएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताए।
एमाले अध्यक्ष ओलीकोे गैर कानूनी गिरफ्तारी विरुद्द हुम्लामा पनि निरोध प्रदर्शन गरिएको उनले बताए। प्रदर्शनी एमाले पार्टी कार्यालय बालमन्दी चोकबाट सुरु भएर काठचुली तल्लो बजार धुपीरुख हुँदै बजार परिक्रम गरिएको थियो। विरोध प्रदर्शनीमा वर्तमान सरकार बिरुद्ध नारा लगाइएको थियो भने माग पुरा नहुनजेलसम्म आन्दोलन जारी राखिने एमाले जनाएको छ। विरोध कार्यक्रममा एमालेका जिल्ला र प्रदेश स्थरका नेताहरुको सहभागिता थियो।