अ
+
अ
अ
-
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन चर्काएका छन्।
नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरूले काठमाडौँको बबरमहल क्षेत्रमा पदर्शन गर्दा सडक अवरुद्ध भएको छ। उनीहरूले सडकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिरहेका छन्। प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सकिरहेको छैन। सडकमा राखिएका डिभाइडरहरू उनीहरू तोडफोड गरेका छन्। प्रहरीले भीडलाई तितरबितर पार्न लाठीचार्ज गरिरहेको छ।
प्रहरीले शनिबार बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।
