केपी ओलीको पक्राउविरुद्ध अनेरास्ववियु सडकमा (तस्बिरसहित)

केपी ओलीको पक्राउविरुद्ध अनेरास्ववियु सडकमा (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पूर्वप्रधानमन्त्री ओलीको पक्राउको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ।
  • प्रदर्शनकाक्रममा टायर बालेर सडक अवरुद्ध हुँदा प्रहरीले हस्तक्षेप गरेको थियो।
  • कांग्रेसको भातृ संगठन तरुण दलले ओली र लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको रूपमा व्याख्या गरेको छ।

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोध गर्दै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ।

दिउँसो साढे १ बजेतिर काठमाडौँको प्रदर्शनी मार्गमा अध्यक्ष दीपक धामीसहित विद्यार्थी संगठनले प्रदर्शन गरेको हो। प्रदर्शनकाक्रममा उनीहरूले टायर बालेर सडक अवरुद्धसमेत गरेका थिए।

तर प्रहरीले उनीहरूलाई टायर बाल्न रोकेको थियो। ओलीमाथि सरकारले प्रतिशोध साँधेको भन्दै विनाकुनै शर्त रिहा गर्न उनीहरूले माग गरेका थिए।

साथै उनीहरूले लोकतन्त्र जिन्दावाद, राज्य आतंक बन्द गर, देशको सम्पदा जलाउनेलाई कारबाही गर, राजनीतिक प्रतिशोध बन्द गर लगायत नारा लगाएका थिए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगको सिफारिस कार्यान्वयन गर्ने भन्दै सरकारले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शुक्रबार एकाबिहानै भक्तपुरबाट पक्राउ गरेको थियो।

उनीहरू दुई जनामध्ये ओली त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा छन् भने लेखक महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको छ।

उनीहरूको पक्राउविरुद्ध एमालेले प्रतिशोधपूर्ण भन्दै रिहा गर्न र नगरे प्रदर्शन गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले यस विषयमा हालसम्म बोलेको छैन।

कांग्रेसको भातृ संगठन तरुण दलले भने ओली-लेखक पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको प्रतिक्रिया जनाएको छ।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?