एमाले सांसद क्षितिज थेबे प्रहरी परिसरबाट निस्किए

एमाले सांसद क्षितिज थेबे प्रहरी परिसरबाट निस्किए
+
-

काठमाडौँ– ताप्लेजुङबाट निर्वाचित एमाले सांसद क्षितिज थेबे प्रहरी परिसर काठमाडौँबाट निस्किएका छन्।

शनिबार एकाबिहानै आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि थेबे ओलीलाई भेट्न प्रहरी परिसर पुगेका थिए। प्रहरी परिसरबाट निस्कदा उनले खास्सै प्रतिक्रिया दिन मानेनन्।

ओली प्रकाउ परेपछि एमाले नेताहरू सरकारले प्रतिशोधको राजनीतिक सुरु गरेको प्रतिक्रिया दिइरहेका छन्। शनिबार बिहान ओलीलाई भदौ २३ गते भएको जेनजी आन्दोलनमा दोषि देखाउँदै भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

पूर्वप्रधामन्त्रीसमेत रहेका ओली प्रकाउ परेपछि आजै बिहान साढे ८ बजेका लागि एमालेले सचिवालय बैठक बोलाएको छ। शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको थियो।

सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसम्बन्धि छानबिन गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै निर्णय गरेसँगै गृहमन्त्री सुधन गुरुङ प्रहरी प्रमुखसँग छलफल जुटेका थिए।

त्यसपछि बिहानै प्रहरीले ओली र तत्कालीन गृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई पनि पक्राउ गरेको छ। उनीहरू प्रकाउ परेपछि गृहमन्त्री गुरुङले प्रतिशोधको राजनीति नभइ न्यायको सुरुवात भएको सामाजिक सञ्जालमा लेख्दै बताएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?