हुम्ला – सुत्केरी बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टबारट उद्धार गरिएको छ। सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो।
शुक्रबार बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि बुढालाई तत्काल हुम्ला जिल्ला अस्पताल पु¥याइएको अस्पतालकी अस्पतालकी स्टाप नर्स सर्मिला गिरीले बताउनुभयो। अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले दिशा खाई सकेकोले गम्भीर अवस्था देखिएपछि तुरुन्तै अपरेशन गर्नुपर्ने अस्पतालमा रहेका चिकित्सकले निष्कर्ष निकालेको भएपनि त्यस सम्वन्धि तालिम प्राप्त चिकीत्सक जिल्लामा नहुदा जिल बाहिर रिफर गरिएपछि बुढाले हेलिकोप्टरबाट उद्धार गरिएको उनले बताए।
आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने अवस्था देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको हुँदा प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो। जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्भवती बुढाको राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा उद्धार गरिएको हो। एक हप्ता अगाडी मात्र यस्तै केस अस्पतालमा आएपछि उहाई उद्धार गरिएको थियो।