हुम्ला – हिमाली जिल्लामा मात्र फल्ने बहुउपयोगी एप्रिकट ( स्थानीय भाषमा चुली ) फुलेर सेताम्मे देखिएको छ। चैत महिना लागेसंगै प्राकृतिक रुपमा निशुल्क प्राप्त भएको एप्रिकटको बोट फुलेपछि सेताम्मे देखिएका हुन।
खेतीपाती गर्ने जग्गाको छेउछाउ र त्यही उचाईको बनमा पनि उम्रिने एप्रिकट हिजोआज फुल फुलेपछि सेताम्मे देखिन थालेको सिमकोट गाउँपालिका– ३ निवासी च्यागा लामाले बताए। एक प्रकारको आरु प्रजातिमा पर्ने एप्रिकट हुम्ला जिल्लाभर फल्ने गर्छ। जिल्लाभर यो फल्ने समय भएको कारण फुल्न थालेपछि सवैतिर सेताम्मे देखिन थालेको छ।
खेतीको रुपमा लगाउने नगरिएको भएपनि यो आफै उम्रने गर्छ। स्थानीयले सिबना परिश्रम यसको प्रयोग गर्दै आएका छन्। यतिबेला सेताम्मे फुलेको एप्रिकट असार साउन महिनामा पाक्ने गर्छ। यसको फलको बाहिरी भाग खाने गरिन्छ भने भित्रको हडेडी फुटालेर मिजुला निकालिन्छ।
मिजुलाबाट तले निकाल्ने गरिन्छ। यसको तेल मालिस र कस्मेटिकको सामाग्री उत्पादनमा प्रयोग गरिन्छ। तेल पेलेर निस्कने पिनाको मल र आगो बाल्न मिल्छ भने हढ्डीबाट आगो बालन मिल्छ।