- खार्पुनाथ गाउँकि जोगदेवी सिंहले आम्दानी बढाउन आफ्नै जग्गामा कुखुरा पालन व्यवसाय सुरु गरेकी छन्।
- श्रीमान गुमाई सकेकी सिंहले तीन लाख लगानीमा आठ सय कुखुराको पालन गरी बिक्रीबाट आम्दानी गरिरहेकी छन्।
- सिंहले बिस्तारको योजना बनाएर कुखुरा पालनसँगै तरकारी खेती पनि गर्न चाहिरहेकी छन्।
हुम्ला – एकल महिलाले कुखुरा पालन ब्यवसाय सुरु गरेकी छन्। खेतीपातीका साथै उहाँले कुखुरा पानल ब्यवसाय पनि सुरु गरेकी हुन्।
खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु गाउँकी जोगदेवी सिंह आम्दानीको श्रोत बृद्धिका लागि कुखुरा पालन ब्यवसाय सुरु गरेको बताईन। हाल आफ्नै जग्गामा उनले कुखुरा पालन ब्यवसाय सुरु गरकै हुन।
उनले गाउँपालिका केन्द्र याङचु बजारमा सुरु गरेकी छन्। एक वर्ष अगाडी श्रीमान गुमाएकी चालीस वर्षीया सिंहले यसअघि खेतीपाती मात्र गर्ने गरेकोमा अब भने कुखुरा पालन ब्यवसाय पनि सुरु गरेकी हुन। खेतीपातीले दैनिक गुजारा चलाउन धाने कै भएपनि थप आम्दानीको श्रोत बृद्धि गर्नका लागि उनले कुखुरा पालन ब्यवसाय गरेको बताईन। हाल गाउँपालिका केन्द्र याङ्चु बजारमा आठ सय कुखुरा पालन सुरु गरेही छन्।
यसका लागि उनले तीन लाख भन्दा बढी लगानी गरेकी छन्। सुर्खेतमा अध्ययन गर्दै आएका छोराले कुखुरा पठाउने र पालन कार्यमा सिंह जुटेकी हुन। हाल उनीकुखुरा बिक्री समेत सुरु गरेर आम्दानी गरि रहेकी छन। यसमा सिंहले सिंङ्गै कुखुरा बिक्री गर्न थालेकी छन् हालको आम्दानीबाट सन्तुष्ट देखिनु भएकी एकल महिला सिंहले अब यसलाई केही बिस्तार गर्ने योजना समेत बनाउनु भएको छ। आफ्नै लगानीबाट उहाँले कुखुरा पालन ब्यवसाय गरकै हुन। अब आउदो नयाँ सिजनसम्म उनले तरकारी खेती पनि थप्ने योजना बनाएकी छन्।