अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथपछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग उनको आत्मीयता सार्वजनिक रूपमै प्रकट भएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शाहको शपथपछि उनले कार्कीलाई गर्मजोशीका साथ अँगालो हालेका थिए।
कार्की र शाहको घनिष्ठ सम्बन्ध शीतलनिवासको समारोहमा प्रस्टसँग झल्किएको त्यहाँ उपस्थितहरू नै बताउँछन्।
शाहलाई कार्कीले छोराकै रूपमा सम्बोधन गर्ने गरेको यसअघि पनि बताएकी थिइन्।
शाहको शपथअगाडि सँगसँगै बसेका कार्की र उनी खुसुरफुसुर पनि गरिरहेका थिए।
बर्षा शाहका तस्बिरहरू:



