अ
+
अ
अ
-
तनहुँ – आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ।
सुक्खायामका कारण नदीमा पानीको प्रवाह कम भएपछि हाल ४२ मेगावाट मात्र उत्पादन भएको जलविद्युत् केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए।
‘नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ,’ उनले भने, ‘तर साँझ र बिहानको ‘पिक आवर’मा माग धान्न दिउँसो पानी रिजर्भ गरेर ७० देखि ७२ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेका छौँ।’
सन् १९८९ मा निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रासस