प्रधानमन्त्री कपः मधेस र सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कपः मधेस र सुदूरपश्चिम विजयी
+
-

जनकपुरधाम – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

जनकपुरधामस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय रंगशालामा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले हराएको हो। यस्तै, वीरगञ्जस्थित नारायणी रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो।

जनकपुरधाममा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो। मधेसको तर्फबाट ओपनर मयन यादवले ३१ रन बनाउँदा मो. आदिल आलमले २३, पवन श्राफले १९, अरनिको यादवले ११, हिमांशु दत्तले ८ रन बनाए।

बलिङमा लुम्बिनीका सन्देश थापाले ५.१ ओभरमा १३ रन दिएर ३ विकेट लिँदा सन्तोष यादवले ८ ओभरमा ३८ रन दिएर ३ विकेट लिए। यस्तै, अजय चौहानले २ र निर्मल गुरुङले १ विकेट लिए।

१२५ रनको सामान्य लक्ष्य पाएको लुम्बिनीले २६ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो। लुम्बिनीको तर्फबाट सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाए। सन्देश थापाले १६, कप्तान देव खनालले १२, सन्तोष यादवले १२, राजेन्द्र बममे ६ रन बनाए। लुम्बिनीका ४ खेलाडी शून्य रनमा आउट भए।

बलिङमा मधेसका विशाल पटेलले ९ ओभरमा २४ रन दिएर ५ विकेट लिए भने प्रदीप पासवानले २, आशिक बैठा, मो. आदिल आलम र रुपेश सिंहले समान १/१ विकेट लिए। मधेसको तर्फबाट ५ विकेट लिएका पटेल म्यान अफ द म्याच भएका छन्। तीन खेल खेलेको मधेसको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने दुई खेलमा जित निकालेको छ।

यस्तै, वीरगञ्जमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको कोशीले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाएको थियो। १९.५ ओभरमा ३ विकेट गुमाउँदै सुदूरपश्चिमले लक्ष्य पूरा गर्‍यो।

सुदूरपश्चिमको तर्फबाट खडक बोहोराले ६६ रन बनाउँदा किरण ठगुन्नाले अविजित २५ रन बनाए। यस्तै, अभिषेक पालले १४, लोकेन्द्र चन्दले ६ तथा प्रकाश पाण्डेले ४ रन बनाए। कोशीको तर्फबाट विपिन महतोले २ र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशीको तर्फबाट शिवस बजगाईँले २५, सुमन श्रेष्ठले २४, दिपेश कँडेलले २०, फिरदोश अन्सारीले १८, शाकिव हकले १५, विपिन महतोले ६, समिर कार्कीले ६ र अंकित सुवेदीले ५ रन बनाए।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिँदा किरण ठगुन्नाले २, सूर्या श्रेष्ठले १ र नारायण जोशीले १ विकेट लिए। ४ विकेट लिएका धामी म्यान अफ द म्याच भए।

शनिबार र आइतबार मधेस प्रदेशमा प्रधानमन्त्री कपअन्तर्गत कुनै खेल छैनन्। यस पटक जनकपुरधाम, वीरगञ्ज र काठमाडौँमा प्रधानमन्त्री कप हुँदै छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?