अ
+
अ
अ
-
काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन्।
पदभार ग्रहणलगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन्।
उनले गरेको निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ ।
राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय पनि मन्त्री वाग्लेले गरेका छन् ।
निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकासे आयोजनासँग सम्बन्धित कानुन बनाउने उनको निर्णय छ।