काठमाडौँ- प्रधानमन्त्री बालेन शाहलगायतको नयाँ मन्त्रिपरिषद्ले शपथ लिएको छ।
नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
नयाँ मन्त्रिपरिषद्मा गृहमन्त्रीका रूपमा सुधन गुरुङ नियुक्त भएका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्। त्यस्तै, कानुन मन्त्रालय सोविता गौतमलाई दिइएको छ भने ऊर्जा मन्त्रालयको जिम्मेवारी विराज भक्त श्रेष्ठले पाएका छन्।
परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिइएको छ भने पर्यटन मन्त्रालय गणेश पौडेलले सम्हाल्ने भएका छन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरेश लम्साललाई जिम्मा दिइएको छ।
यसैगरी, शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक साहलाई दिइएको छ।
तस्बिरहरू:
