अ
+
अ
अ
-
काठमाडौँ- मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा बालेन शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलगायत पूर्वप्रधानमन्त्रीहरू, सभामुखलगायत विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको थियो।
शपथ ग्रहणका क्रममा १ सय ८ जना बटुकहरूबाट स्वस्ती वाचन गरिएको थियो।
उनको शपथ ग्रहण समारोहमा उनकी पत्नी सविना काफ्ले, छोरीलगायत परिवारका सदस्य पुगेका थिए।
बालेनसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन्।
तस्बिरहरू:
