- बीवाईडीले वाडा अटो शो २०२६ मा आफ्ना विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।
- एट्टो १ देखि एट्टो ३ सम्मका गाडीहरू प्रदर्शनीमा राखेर आगन्तुकहरूको ध्यान आकर्षण गरिएको छ।
- गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि १० वर्ष वारेन्टी, नि:शुल्क बीमा र अन्य सुविधाहरू उपलब्ध छन्।
काठमाडौँ- नेपालका लागि बीवाईडी (BYD) अटो उद्योग लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पोखरामा आयोजना भइरहेको वाडा अटो शो (WADA Auto Show) २०२६ मा आफ्ना विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्नुका साथै विशेष अफरहरू सार्वजनिक गरेको छ।
यही चैत १२ देखि १६ गतेसम्म (मार्च २५-२९) पोखराको लेकसाइडस्थित तालबाराही मैदानमा संचालन भइरहेको यस अटो शोमा बीवाईडीले आफ्नो ‘स्टल नम्बर A12’ मार्फत ग्राहकहरूलाई नयाँ प्रविधि र सुविधाको अनुभव गराइरहेको छ।
यस प्रदर्शनीमा बीवाईडीले आफ्ना तीनवटा प्रमुख मोडेलहरू—बीवाईडी एट्टो १ (BYD ATTO 1), बीवाईडी एट्टो २ (BYD ATTO 2), र नेपालको नम्बर १ एसयूभी मानिने बीवाईडी एट्टो ३ (BYD ATTO 3) प्रदर्शनमा राखेको छ।
सहरी यात्राका लागि उपयुक्त र स्मार्ट मानिने एट्टो १ देखि प्रिमियम र लामो दूरीको यात्राका लागि डिजाइन गरिएको एट्टो ३ सम्मका गाडीहरूले आगन्तुकहरूको ध्यान तानिरहेका छन्।
पाँच दिने यस इभेन्टमा गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले विभिन्न सीमित अवधिका सुविधाहरू घोषणा गरेको छ। जसअन्तर्गत ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, एक वर्षको नि:शुल्क बीमा, एक वर्षको सडक दस्तुर छुट, आकर्षक नगद लाभ, नि:शुल्क एसेसरिज र मानार्थ होम चार्जर जस्ता सुविधाहरू रहेका छन्।
बीवाईडीका सबै सवारी साधनहरू अत्याधुनिक ‘ब्लेड ब्याट्री’ प्रविधि र ‘ई-प्लेटफर्म ३.०’ मा आधारित रहेका छन्, जसले उच्च सुरक्षा र दक्षता सुनिश्चित गर्दछ।
साइमेक्स इंकका प्रतिनिधिले यस अवसरमा बोल्दै काठमाडौं बाहिरका ग्राहकहरूसँग जोडिन र नेपालमा विद्युतीय गतिशीलतालाई पुन: परिभाषित गर्न वाडा अटो शो एक उत्कृष्ट प्लेटफर्म भएको बताएका छन्।
कम्पनीले आफ्ना विशेष अफर र प्रमाणित प्रविधिका माध्यमबाट विद्युतीय सवारीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने लक्ष्य राखेको छ। थप जानकारी वा बुकिङका लागि इच्छुक ग्राहकहरूले ९८०२८५७७६७ वा ९८०२८५३०९८ मा सम्पर्क गर्न सक्नेछन्।