डेल्टा अटो कर्पद्वारा नयाँ वर्षको अभियान “नयाँ युगको नयाँ राइड” घोषणा

डेल्टा अटो कर्पद्वारा नयाँ वर्षको अभियान “नयाँ युगको नयाँ राइड” घोषणा
+
-
देशसञ्चार AI सारांश
  • चैत १३ बाट सुरु हुने ‘नयाँ युगको नयाँ राइड’ अभियानले ग्राहकहरूलाई रु. ८,३०० को नगद छुट र रु. १०,००० को एक्सचेन्ज बोनस प्रदान गर्नेछ।
  • खरिद प्रक्रियालाई सहज बनाउने उद्देश्यले कम्पनीले न्यूनतम ४.९९ प्रतिशत इएमआई दरबाट नयाँ अफर प्रस्तुत गरेको छ।
  • स्कुटर खरिद गर्थे ग्राहकहरूले नि:शुल्क ब्रान्डेड एसेसरीज र साप्ताहिक लक्की ड्रमा विलासी बसाइ जित्न सक्नेछन्।

काठमाडौं- नेपालका लागि भेस्पा (Vespa) र अप्रिलिया (Aprilia) स्कुटरको आधिकारिक वितरक डेल्टा अटो कर्प प्रालिले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा “नयाँ युगको नयाँ राइड” नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ।

चैत १३ गतेदेखि देशभरका आधिकारिक शोरुमहरूमा लागू हुने गरी ल्याइएको यस अभियानले नयाँ वर्षको सुरुवातमा ग्राहकहरूलाई उत्कृष्ट खरिद अनुभव र स्वामित्व सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ वर्ष २०८३ बाट प्रेरित भई रु. ८,३०० को पक्का नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, पुरानो सवारी साधन साट्न चाहने ग्राहकहरूका लागि रु. १०,००० को थप एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ।

खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले बजारकै न्यून किस्ता (EMI) दर ४.९९ प्रतिशतबाट सुरु हुने अफर समेत ल्याएको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने प्रिमियम इटालियन स्कुटर किन्न थप लचकता प्रदान गर्नेछ।

उत्सवको उत्साहलाई थप बढाउन अभियान अवधिमा स्कुटर खरिद गर्ने ग्राहकहरूले हेलमेट र स्कुटर कभर जस्ता ब्रान्डेड एसेसरीजहरू नि:शुल्क प्राप्त गर्नेछन्। यसका साथै, कम्पनीले साप्ताहिक लक्की ड्रको आयोजना गर्नेछ, जसमा भाग्यशाली विजेताहरूले रुपाकोट रिसोर्टमा विलासी बसाई (Luxury Getaway) जित्ने अवसर पाउनेछन्।

डेल्टा अटो कर्पका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले नयाँ वर्ष नयाँ यात्रा र सम्भावनाहरूको समय भएकोले ग्राहकहरूलाई गर्व र उत्साहका साथ वर्षको सुरुवात गराउन यो अभियान ल्याइएको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?