- स्वास्थ्यप्रति सचेत नहुनु र अस्वस्थ खानपानका कारण हुम्लामा नसर्ने रोगका बिरामीको सङ्ख्या वार्षिक रूपमा बढ्दै गइरहेको छ।
- गाउँ भवनमा गरिएको चेकजाँचमा १,३३४ मानिसहरुमा ८१९ जनामा उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग, मोटोपना पत्ता लागेको छ।
- स्वास्थ्य शाखाले उपकरण सहयोग गरेको आधार बिकास नेपालका ३५ स्वास्थ्यकर्मीले बिरामीको चेकजाँचमा संलग्न रहेका थिए।
हुम्ला – हिमाली जिल्ला हुम्लामा नसर्ने रोगका बिरामीहरुको संङ्ख्या वर्षेनी रुपमा बढ्दै गएका छन्। स्वास्थ्यप्रति सचेत नहुनु र जथाभावी खानपानको कारण नसर्ने रोकाया बिरामीको सङ्ख्या बढ्दै गएको हो।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीका अनुसार एक महिनासम्म अभियानका रुपमा सञ्चालन भएको गाउँपालिका वासीको वडा स्तरमा गरिएको नसर्ने रोगको पहिचानका लागि गरिएको स्क्रेनिङमा जम्मा चेकजाँच गरिएका मध्य एकसट्टी दशमलव उनानचालीस प्रतिशतमा सो रोगहरु पत्ता लागेका छन।
एक महिनाको अवधि आठ वटै वडाका बाह्र स्वास्थ्य र एउटा वडा कार्यालयमा गरिएको स्क्रेनिङमा जम्मा एक हजार ३३४ जनाको चेकजाँच गर्दा आठ सय १९ जनामा नसर्ने रोग पत्ता लागेको छ। जव कि गतवर्ष यसको आधा बिरामी मात्र नसर्ने रोग देखिएको थियो। यसमा बिशेष गरि पाँच वटा नपर्ने रोगका बिरामीहरु पत्ता लागेका थिए।
जम्मा चेकजाँच गरिएका मध्य नसर्ने रोग उच्च रक्तचापमा १९१ जना, मधुमेहमा १३८ जना, मृगौलाको रोगमा ११६ जना, मोटोपनामा २१८ जना र प्रेषणमा १५६ जनामा देखिएको छ। नयाँ पत्ता लागेका नसर्ने रोगका बिरामी सवैले सधै औषधी सेवन गर्नुपर्ने छ यो अभियानमा स्क्रेनिङ गर्नका लागि गुल्को मिटर, बिपी सेट, गुल्को डिपिस्टीक किट, युरिन डिपिस्टिक किट, लम्वाई र उचाई नाँप्ने स्केल, स्याम्पल कन्टेनर लेनसेट लगाएतका उपकरणहरु स्वास्थ्यकर्मीहरुले बिरामीको चेकजवाँचको लागि प्रयोग गरिएको थियो। यसका लागि ३५ जना गाउँपालिकाका स्वास्थ्यकर्मी खटिएका थिए।
उपकरण सवै जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार बिकास नेपालले उपलब्ध गराएको हो। यसरी नसर्ने रोगका बिरामीहरु बृद्धि हुँदै जाँनु जिन्ताको विषय भएको र अव सवै खानापान र स्वास्थ्य प्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो। मौसममा आएको परिवर्तनले कहिले खडेरी, कहिलेृ बाक्लो हिमपात, धुँवा धुलो बढ्दै गएको कारण पनि मानिसहरु बिभिन्न रोगको शिकार भई रहेकोले यसबाट बच्नका लागि बिभिन्न उपायहरु अवलम्बन गर्न स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ।