हुम्ला – विद्यालयहरुलाई शैक्षिक औजार तथा खेलकुदका सामग्री सहयोग गरिएको छ। विद्यार्थीहरुको बोीद्धक बिकास र शारिरिक स्फुर्ती बढाउनका लागि ती खेलकुद सामग्री र औजार सहयोग गरिएको हो।
खार्पुनाथ गाउँपालिका– ५ को क्षेत्रभित्र पर्ने आधारभूत र मावि स्तरका विद्यालयलाई शैक्षिक औजार र खेलकुद सामग्री सहयोग गरिएकोको वडा अध्यष भरतजंग शाहीले बताए।यसर सहयोग पाउनेमा उक्त वडाका पाँच वटा विद्यालयहरुमा मान्धार मावि, बागेश्वरी आवि, हिल्सा नौधारा आवि, अम्मरसिंह आवि र जोगराज आवि रहेका छन्।
ग्रामीण क्षेत्रका विद्यालयहरुको शैक्षिक स्तर उकास्न र बालबालिकालाई विद्यालय प्रति आर्कषित गर्न यो सहयोग गरिएको उनले बताए। शैक्षिक औजार र खेलकुद सामाग्रीले बिद्यालय र विद्यार्थीहरुको रचनात्मक कृयाक्लाव गर्न सहयोग पुर्याउने बिस्वास वडा लिएको छ। यी सामाग्रीहरु एक कार्याक्रमको आयोजना गरेर प्रदान गरिएको थियो।