मधेसबाट एसईईमा ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुँदै

मधेसबाट एसईईमा ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुँदै
+
-
देशसञ्चार AI सारांश
  • यस वर्ष चैत १९ गतेबाट शुरु हुने एसईईमा मधेस प्रदेशबाट ८७ हजार ५९१ विद्यार्थी सहभागी हुँदैछन्।
  • परीक्षा व्यवस्थित बनाउन २ सय ९९ परीक्षा केन्द्र र एक हजार ३१६ विद्यालयको व्यवस्थापन गरिएको छ।
  • परीक्षा सञ्चालनका लागि ४४८५ सुरक्षाकर्मी, २९९ केन्द्राध्यक्ष, र ४२३५ निरीक्षक खटाएर जनशक्ति व्यवस्थापन गरिएको छ।

जनकपुरधाम –  चैत १९ गतेबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष मधेस प्रदेशबाट ८७ हजार ५ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछ । मधेश प्रदेशका शिक्षा निर्देशनालयका अनुसार गत वर्षको एसईई परीक्षाको तुल्नामा यस वर्ष विद्यार्थीको संख्या घटेको हो । गत वर्षको एसईईमा ८८ हजार ८५८ जना विद्यार्थी सहभागी थिए।

एसईईलाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभर २ सय ९९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक हजार ३ सय १६ विद्यालयका विद्यार्थी सहभागी हुन लागेका छन् ।

परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन गरिएको छ । निर्देशनालयका अनुसार २ सय ९९ जना केन्द्राध्यक्ष, ४ सय ३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २ सय ३५ जना निरीक्षक, ७ सय ३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ कार्यालय सहयोगी परिचालन गरिन लागेको छ ।

यस वर्षको एसईईमा चार हजार ४ सय ८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र लगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरी परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने तयारी गरिएको शिक्षा निर्देशक महेन्द्र महतोले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?