इजरायलले भन्यो, ‘इरानका नौसेना प्रमुख अलिरेजा मारिए’

इजरायलले भन्यो, ‘इरानका नौसेना प्रमुख अलिरेजा मारिए’
+
-
देशसञ्चार AI सारांश
  • इजरायलले इरानी नौसेना प्रमुख अलिरेजा ताङ्सिरीलाई हवाइ हमलामा मारिएको दाबी गर्दै उनलाई ‘स्ट्रेट अफ होर्मुज’ नाकाबन्दीमा जिम्मेवार मानेको छ।
  • ताङ्सिरी, जसले इरानको तेल निर्यात अवरुद्ध भए होर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएका थिए, २०१८ मा आइआरजीसी नौसेना कमाण्डर बनेका थिए।
  • अमेरिकी निगरानी ड्रोन खसालेपछि, २०१९ मा ताङ्सिरीलाई अन्य आइआरजीसी कमाण्डरहरूसँगै प्रतिबन्ध लगाइएको थियो।

इजरायलले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का नौसेना कमाण्डर अलिरेजा ताङ्सिरी मारिएको दाबी गरेको छ। इजरायलले ‘स्ट्रेट अफ होर्मुज’ नाकाबन्दीको जिम्मेवारी सम्हालिरहेका इरानी नौसेना प्रमुख मारिएको बताएको हो।

इजरायलका रक्षा मन्त्री इजरायल काट्ज का अनुसार, ताङ्सिरी हवाइ हमलामा मारिएका हुन्। काट्जले भने ‘स्ट्रेट अफ होर्मुज’मा बम विस्फोट र नाकाबन्दी गर्ने आतंककारी गतिविधिमा प्रत्यक्ष जिम्मेवार उनी हाम्रो हमलामा मारिएका छन्।’ उनले यसै क्रममा नौसेनाका अन्य केही उच्च अधिकारीहरू पनि मारिएको बताएका छन्।

अलिरेजा ताङ्सिरी सन् २०१८ मा आइआरजीसी नौसेनाको कमाण्डर नियुक्त भएका थिए। त्यसअघि उनले २०१० देखि सोही नौसेनामा उप-कमाण्डरको रूपमा काम गरेका थिए। उनीसँग सम्बन्धित भनिएको एक एक्स (एक्स) खाताबाट यस वर्ष मार्च १० देखि सक्रिय रूपमा पोस्टहरू भइरहेका थिए, जसलाई इरानी सञ्चारमाध्यमहरूले उद्धृत पनि गर्ने गरेका छन्।

ती पोस्टहरूमा उनले पटक-पटक होर्मुज जलडमरूमध्यबारे लेख्दै इरानविरुद्ध आक्रमण गर्ने देशसँग सम्बन्धित कुनै पनि जहाजलाई त्यहाँबाट गुज्रिने अधिकार नभएको चेतावनी दिएका छन्। ताङ्सिरी स्पष्ट र कडा अभिव्यक्ति दिने कमाण्डरका रूपमा चिनिन्थे। उनले विगतमा अमेरिका र इजरायलविरुद्ध धेरै कडा टिप्पणीहरू गरेका थिए।

सन् २०१९ मा उनले इरानको तेल निर्यात अवरुद्ध भए होर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएका थिए। त्यही वर्ष, इरानले उक्त क्षेत्रमा अमेरिकी निगरानी ड्रोन खसालेपछि अमेरिकी अर्थ मन्त्रालयले उनलाई अन्य आइआरजीसी कमाण्डरहरूसँगै प्रतिबन्ध लगाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?